अशोक उत्कृष्ट निर्णायक, राईलाई आर्थिक सहयोग

काठमाडौं,  अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।

पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबैले पदक हात पार्न सफल भए । प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कास्य जितेका थिए ।

राईलाई आर्थिक सहयोग

सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरे । राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *