माडिमा ८ जनामा कोरोना पुष्टि

चितवन । चितवनको माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । माडीको वडा नम्बर १, ७ र ८ का १९ देखि ३६ वर्ष सम्मका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टिनका हुन् ।

त्यस्तै, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरको कावासोती ५ र ८ का दुई जना र वुलिङटार ३ र ४ का ९ जनामा संक्रमण पुष्टि भएको छ ।

३०८ वटा नमूना परीक्षण गर्दा २८९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =