चेल्सीको महत्वपूर्ण जित, जिराउडले गरे निर्णायक गोल

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी विजयी भएको छ । गएराती सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको हो ।

फ्रेन्च फरवार्ड ओलिभर जिरुउडले पहिलो हाफको अन्त्यतिर गरेको गोल निर्णायक बन्दा चेल्सीले साँघुरो जित हात पारेको हो । यो जितपछि चेल्सीले अन्तिम चारमा लिग अन्त्य गर्ने सम्भावनालाई कायम राखेको छ ।

हाल तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलपछि ६३ अंक भएको छ र चौथो स्थानमा रहेको लेस्टरभन्दा ४ अंकले अगाडी रहेको छ । त्यस्तै रेलिगेसनमा परिसकेको नर्विच सिटीको भने ३६ खेलमा २१ अंक छ र लिगको पुछारमा रहेको छ । चेल्सीले अब लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *