स्यानिटाइजर उद्योग दर्ताको समय थप गरेको भन्दै औषधि उत्पादक सङ्घको विरोध, कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । औषधि उत्पादक संघले नेपाल सरकारले स्यानिटाइजर उद्योग दर्ताको समय तीन महिना थप गरेको भन्दै विरोध जनाएको छ ।

मङ्गलवार संघले सरकारको उक्त निर्णयको विरोधमा औषधि व्यवस्था विभागमा धर्नासमेत दिएको छ । संघले स्यानिटाइजर उद्योगको दर्ता समय थपेर सरकारले दर्ता नभएका गुणस्तरहीन उद्योग चलाएर नागरिकको स्वास्थ्य जोखिम बढाइरहेको बताएको छ ।

सरकारले बुधवार सम्म पनि मागको सुनुवाइ नभए बिहीबारदेखि थप कडा आन्दोलनमा जाने चेतावनीसमेत संघले दिएको छ ।

सङ्घले गुणस्तर परीक्षण नगरी कुनै पनि स्वास्थ्य सामग्रीको बिक्री/वितरण रोक्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *