रोजगार गुमाउने अवस्था आउन नदिन राष्ट्र बैंकलाई कांग्रेस कोभिड समितिको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतकाे संयोजकत्वमा गठित कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले आज (साेमबार) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेको छ ।

उक्त भेटघाटका क्रममा कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई साना तथा मझौला व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । साना तथा मझौला उद्योगधन्दा चल्ने वातावरण भए/नभएको भनेर व्यवसायीले व्यवसाय सञ्चालन गर्न नै कठिन भएको गुनासो आफ्नो समिति समक्ष गरेको भन्दै उक्त समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यतातिर ध्यान दिनलाई पनि राष्ट्र बैंकलाई समितिले आग्रह गरेको छ ।

अहिले असाधारण परिस्थिति भएको र रोजगारी गुम्दै गएको भन्दै त्यो समस्यालाई समाधान गर्ने प्रमुख कर्तव्य राष्ट्र बैंक भएकोले मौद्रिक नीतिमा यसबारे केहि व्यवस्था गरेर मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरेको थियो ।

रोजगारी गुम्न नदिन उद्योग व्यवसायीहरुलाई बचाउनुपर्ने र उनीहरुलाई बचाउन ब्याज तथा सहुलियत ऋणको व्यवस्था गर्न राष्ट्र बैंकले भूमिका खेल्नुपर्नेमा टोलीले जोड दिएको थियो । टोलीमा समितिका संयोजक डा. प्रकाश शरण महतको नेतृत्वमा समितिका सदस्यहरु एनपी साउद, डा. चन्द्र भन्डारी, राजिब विक्रम शाह, डा. प्रभु बुढाथोकी,  डा. पोसराज पान्डे नैनसिंह महर सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =