ट्राफिक प्रहरीले २५ वटा हराएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझायो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितीमा हराएको २५ वटा मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको छ ।

महाशाखाको पीडित सहायत ईकाइबाट खटिएको ट्राफिक प्रहरीले फेला पारेको उक्त मोटारसाइकल मंगलबार (आज) सवारी धनीलाई बुझाइएको महाशाखाका प्रवक्ता बामदेब गौतमले जानकारी दिए ।

उनका अनुसार आज बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, चाबहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, बानियाँटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर तथा कुमारीपाटीलगायतका स्थानबाट विभिन्न मितीमा हराएको मोटरसाइकल बुझाइएको हो ।

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न सुझाव दिइएको महाशाखाका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारीव दिए ।

महाशाखाले आव २०७/६७७ मा मात्रै ३६८ वटा मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको थियो भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएका कसूरमा कारबाही गरिसकको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *