प्रधानमन्त्री ओलीको मानसिक सन्तुलन गुमेको देखिँदैछ : कांग्रेस आई प्रवक्ता सिंघवी

काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन् ।

मंगलबार (आज) आफ्नो आधिकारिक/भेरिफाइड ट्वीटर् ह्याण्डलमा ट्वीट् गर्दै प्रवक्ता सिंघवीले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलेको आरोपसमेत लगाएका छन् ।

“नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको देखिँदैछ या कठपुतली र सुँगाले जसरी चीनले तयार गरिदिएको वाक्य बोलिरहेका छन् । शुरुमा उनले नेपालले कहिल्यै दावी नगरेको भूमि दावी गरे । अहिले अयोध्या र रामराज्य नेपालभित्र रहेको पुर्नस्थापित गर्न खोजे ।” उनले आफ्नो ट्वीट्मार्फत् भनेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले सोमबार (हिजो) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच अयोध्या नेपालमा रहेको र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *