६ दिनपछि नेकपा अध्यक्षद्वयबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार (आज) ६ दिनपछि पुनः भेटवार्ता भएको हो ।वार्ता अझै जारी छ ।

पार्टीभित्रको किचलोका कारण गत १८ असारमा स्थगित भएको नेकपा स्थायी कमिटी बैठक अझैसम्म पनि बस्न सकेको छैन ।

यसअघि अध्यक्षद्वयबीच गत बुधबार भेट भएको थियो । तर कुनै सहमति भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *