ला लिगामा रियल विजयी, उपाधिबाट एक जित टाढा

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ । गएराति ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो ।

रियल म्याड्रिडको जितमा फेरल्याण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे भने ग्रानडाका लागि एक गोल डानविन माचिसले गरेका थिए ।

अब लिगमा खेल्न दुई खेल बाँकी हुँदा रियलले एक खेल जितेमा यस सिजनको ला लिगाको उपाधि जित्ने छ । ३६ खेल सकिदा रियल म्याड्रिडको ८३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ७९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *