म्यानचेस्टर साउथहम्पटनसँग रोकियो, लिगको यात्रामा धक्का

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेल्दै अंक बाँड्न परेको हो ।

स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए ।

त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २-१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।

यो बराबरीले युनाइटेड लिगमा तेस्रो स्थानमा उक्लिन असफल भएको छ भने च्याम्पियन्स लिगको यात्रामा समेत धक्का लागेको छ । लिगको ३५औ खेलमा तेस्रो स्थानमा रहेको चेल्सी र चौथो स्थानमा रहेको लेस्टर सिटी पराजित भएपछि युनाइटेडलाई यो खेल जितेर तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर थियो, जुन युनाइटेडले गुमाएको छ ।

अब लिगमा चेल्सीको ३५ खेलपछि ६० अंक, लेस्टरको ५९ र युनाइटेडको पनि ५९ अंक रहेको छ । लिगमा युनाइटेड अझै पाँचौ स्थानमा नै रहेको छ । त्यस्तै साउथहम्पटनले यस खेलमा अंक हासिल गर्दै ३५ खेलमा ४५ अंक बनाएको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *