३-१ को जितसँगै इन्टर मिलान उक्लियो ‘सिरी ए’को दोस्रो स्थानमा

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले टोरिनोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको जितमा एशले योङ, डिएगो गोडीन र लाउतारो मार्टीनेजले एक एक गोल गरेका थिए । त्यस्तै टोरिनोका लागि आन्द्रे बेलोट्टीले एक गोल गरेका थिए । यो जितपछि इन्टर मिलानले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ ।

इन्टरको ३२ खेलपछि ६८ अंक भएको छ । ६८ अंक नै रहेको लाजियो तेस्रो स्थानमा झरेको छ । त्यस्तै चौथो स्थानमा रहेको एटलान्टाको भने ६७ अंक रहेको छ । त्यस्तै लिगको शीर्ष स्थानमा रहेको युभेन्टसको भने ७६ अंक रहेको छ । अब दोस्रो स्थानमा रहेको इन्टरभन्दा युभेन्टस ८ अंकले अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *