१ नम्बर प्रदेशमा ६ जना कोरोना संक्रमित थपिए, ३३ डिस्चार्ज

विराटनगर । १ नम्बर प्रदेशमा आज (सोमबार) ६ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४ जना, माेरङमा र सुनसरीका १/१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ जना पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १/१ जना पुरुषकाे कोरोना रिपोर्ट पोजेटिभ आएको हो । याेसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ ।

त्यस्तै एक नम्बर प्रदेशबाट आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

डिस्चार्ज हुनेमा झापाका २० जना, मोरंगका ५ जना, संखुवासभाका ३ जना, सुनसरी र खोटाङका २/२ जना र ताप्लेजुङका १ गरी ३३ जना रहेका छन् । याेसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =