पारा खेलाडीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले प्रत्येक खेलाडीलाई ५ हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन् ।

रारीगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई रकम हस्तान्तरण गरे । रारीगुराँसले विगतमा पनि खेलाडीको प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको प्रशिक्षक लामाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *