कोरोना अपडेटः १४४ संक्रमित थपिए, १ हजार ७०५ जना डिस्चार्ज
२०७७ असार २९ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । संक्रमितमध्ये ६ हजार ६१३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने हालसम्म १० हजार २९४ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । २३ हजार ४७० जना क्वारेन्टिनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसिआर परीक्षण भएको छ ।
२०७७ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








