विपीको ‘३८ औं स्मृति दिवस’ रचनात्मक तथा सिर्जनात्मक रुपमा मनाउँदै तरण दल

काठमाडौं । नेपाल तरुण दलले महामानव विपी कोइरालाको ३८ औं स्मृति दिवस विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाउने भएको छ ।

सोमबार (आज) जिल्लास्थित आफ्ना संगठनहरुलाई परिपत्र गर्दै केन्द्रीय समितिले आगामी ६ श्रावणमा पर्ने कोइरालाको ३८ औं स्मृति दिवस समयसापेक्ष विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरी मनाउन लागेको जानकारी दिएको हो ।

वृक्षारोपण, कोभिड १९ प्रभावित जिल्लाहरुका क्वारेन्टाइन सरसफाइ, बाढी तथा पहिरो पीडितहरुको उद्धारलगायतका कार्यक्रम गरी विपीलाई स्मरण गरिने तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए ।

यस्तै दलले महामारीविरुद्ध मिलेर अगाडि बढ्नुको अलवा मास्क, स्यानीटाईजर तथा आवश्यक सामग्रीको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *