गृहमन्त्री भन्छन्- भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमा पर्याे

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले आफ्नो मात्रै हित हेरेर काम गर्दा नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा तराई क्षेत्र डुबानमा परेको उनको भनाइ छ ।

‘बाह्य हस्तक्षेपका कारण पनि तराईका क्षेत्र डुबानमा परेको हो । उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् । भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन । भारतले आफूले बनाएको बाँधबाट निकास दिनुपर्छ’, गृहमन्त्री थापाले भने ।

त्यस्तै उनले नेपालमा प्राकृतिक कारणले नभइ मानविय कारणले बाढी, पहिराे लगायतका प्राकृतिक विपत्तिकाे अवस्था सिर्जना भएकाे पनि बताए । अवैज्ञानिक ढंगले विकास हुनु र यससम्बन्धी राज्यका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुनु पनि प्राकृतिक विपत्तिकाे कारण रहेकाे उनकाे तर्क छ ।

कतिपय अवस्थामा अज्ञानताका कारणले पनि क्षति बढेको उनकाे भनाइ छ । उनी भन्छन्- ‘जाेखिम छ भन्ने थाहा हुँदाहुँदै मानिसहरू बाढी आएको ठाउँमा दाउरा टिप्न जान्छन् । अनि बाढीले बगाएर मृत्यु हुन्छ । यसलालाई  प्राकृतिक कारणले कसरी भन्न सकिन्छ ? यो एक प्रकारको अज्ञानता पनि हो’ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =