मयुर यातायातको सेवा काठमाडौंमा शुरु, रुट यस्ता छन्

काठमाडौं । मयुर यातायात प्रालिले सोमबार (आज)देखि काठमाडौं उपत्यकाभित्र आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

हाललाई महामारीको अवस्थालाई विशेष ध्यानमा राख्दै ६ वटा मात्रै बस सञ्चालनमा ल्याइने यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए ।

“लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन । फेरि महामारीको अवस्था पनि पूरै साम्य भइसकेको छैन । अहिले ६ वटा बस चलाउनेछौं ।” उनले भने ।

यस्तै अध्यक्ष श्रेष्ठले काठमाडौं–पनौती रूटमा २ ओटा र रिङरोडमा ४ ओटा गाडी सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।  यस्तै बुधबारबाट यातायात व्यवस्था विभागसँग छलफल गरेर २० भन्दा माथिको संख्यामा बस थप्ने उनले बताए ।

सरकारले गत २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *