कोरोनाविरुद्ध राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : ‘नियन्त्रण, समस्या र चुनौतीका कुरा’

काठमाडौं । सबैलाई आ–आफ्नै घरमा थुनेर आफू विश्व भ्रमणमा निस्केको नोवेल कोरोना भाइरस (कोभिड १९)का कारण यत्तिबेला विश्व नै सन्त्रासमा छ । लामो बन्दाबन्दीका कारण आर्थिक मन्दी निम्तिएको छ । यसैको कारण अधिकांश क्षेत्र समस्यै–समस्यामा डुबेको छ ।

करोडौंको मिसाइल बनाउने शक्तिशाली देश पाँच रुपैयाँको मुकुट (मास्क)को लागि तड्पिएको छ । त्यसो त यस्ता शक्तिशाली अनि उच्च आर्थिक आय भएका देशहरुलाई आछु–आछु पार्ने भाइरसले नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई हम्मे–हम्मे बनाउन स्वभाविक नै हो ।

यी सन्दर्भलाई कोट्याउँदै गर्दा नेपालभित्र पनि छुट्टै क्षेत्रको छुट्टै समस्या, चुनौती र बाध्यताहरु छन् । यी समस्याहरुसँग लडाइँ गर्दै मन्द गतीमा अगाडि बढेको नेपालमा कोरोनाले प्रवेश पाएसँगै नेपाललाई ठूलै समस्या आइलाग्यो ।

यद्यपि शुरु शुरुमा केही समया भए पनि पछिल्लो नेपाललाई नियाल्ने हो भने कोरोनाविरुद्धको सरकारको कदम केही सन्तोषजनक छ भनेर सरोकारवाला तथा महामारीविरुद्ध अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मीहरुबाट सुनिन्छ ।

त्यसो त के नेपालका सातै प्रदेशहरुमा एकै खालका सेवाहरु विस्तार छन् त कोरोनाविरुद्ध ? कस्तो छ नेपालको पश्चिम तथा मध्यपश्चिममा कोरोनाविरुद्ध लड्ने अस्त्रको अवस्था ? यी नै प्रश्नहरुको उत्तर खोज्न हामीले प्रदेश नं. ५ को दाङमा रहेको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा कोरोनाविरुद्ध अग्र भागका डाक्टर तथा डीन बसन्त लामिछानेसँग सोधेका छौं ।

डा. लामिछानेसँग हामी (मकालु खबर)ले गरेका कुराकानीको आधारमा तयार पारिएको यो सामग्री प्रस्तुत छ, उनकै शब्दमा ।

कोरोना नियन्त्रण तथा उपचारमा प्रतिष्ठान
जत्तिबेला शुरु शुरुमा कोरोना भाइरसको संक्रमण विस्तारै फैलिँदै थियो, त्यत्तिबेला केही गाह्रो थियो । जत्तिबेला आइसोलसनसँगै स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको पनि अभाव थियो । पछि यी सबै कुराहरुको अभाव कम हुँदै आयो । अनि हामीले अस्पतालमा पनि विशेष सुरक्षाका उपायहरु अपनायौं । जो पायो त्यहीँलाई अस्पताल प्रवेश गर्न दिएनौं । बिरामीलाई विशेष चिकित्सकहरुको निगरानीमा राख्थ्यौं र अझै यही प्रक्रिया छ । स्यानीटाईजरको प्रयोग अनिवार्य बनाएका छौं । त्योसँगै व्यक्तिगत रुपमा सतर्कता अपनाउनको लागि ‘प्रिकसन’ दिन्छौं । बिरामीको सेवामा हामी तल्लीन छौं । सेवा गरिरहेका छौं । यसरी नै हामी कोरोनाविरुद्ध उत्रिएका छौं ।

बढी संक्रमितहरु आउने जिल्ला, संक्रमितका लक्षण
यहाँ, विशेषगरी दाङ, सल्यान तथा रोल्पाबाट बिरामीहरु आउने गर्दछन् । त्यस बाहेकका अन्य जिल्लाहरुबाट पनि बिरामी तथा संक्रमितहरु पनि आउँछन्, यद्यपि यी तीन वटा जिल्लाहरुबाट आएकाभन्दा अलिक कम मात्रामा । किनकी, यी जिल्लाहरु भारतको सीमावर्ती क्षेत्रमा पनि पर्दछन् । अब लक्षणको कुरा गर्नुपर्दा त त्यहीँ हो ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीसँगै घाँटी सुख्खा हुने अनि वाकवाकी लाग्नेलगायतका बिरामीहरु उल्लेखीय मात्रामा आउने गर्दछन् ।

अस्पतालमा आइसोलेसनको अवस्था
शुरुमा त गाह्रो थियो । आइसोलेसन कम थियो । तर पछि विस्तारै यी समस्याहरु कम हुँदै भए । बिरामीहरुलाई हामीले समय समयमा हेर्न र उनीहरुका बारेमा बुझ्न सक्छौं । बिरामीले कम्प्लेन गर्न पाएको छैनन् । अहिले पछिल्लो समय त ठीकै छ । राम्रो छ ।

स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिष्ठान
कोभिडविरुद्ध अग्र भागमा काम गर्ने चिकित्सकहरुको लागि पनि यहाँ राम्रै व्यवस्था छ । स्वास्थ्यकर्मीहरुको लागि पीपीइ, मास्क तथा स्यानीटाईजरहरुको कमी भएको छ । शुरुमा केही समस्या भएपनि हाललाई आएर यी समस्याहरुबाट गुज्रिनु परेको छैन । अझ टाढाबाट आउनुपर्ने स्वास्थ्यकर्मीहरुको लागि विशेष व्यवस्थासँगै खाने बस्नेको व्यवस्था पनि छ । हाललाई राम्रै छ ।

संक्रमणसँग जुद्धाको समस्या र चुनौती
समस्या र चुनौती त यसै पनि हुने भइनै हाल्यो । किनकी, कोभिडको हामीसामु भ्याक्सिनसमेत छैन । हामीले पनि गर्ने भनेको रोगप्रतिरोधात्मक शक्ति बढाउने मात्रै हो हाललाई । अस्पतालका आफ्नो आन्तारिक समस्याहरु त हुने भइनै हाल्यो । त्यसले पनि संक्रमणसँग जुध्नको लागि थप चुनौती मोल्नुपर्ने बनायो । बिरामीहरुको गुनासो सँगै बिरामीका आफन्तहरुकाको पनि गुनासोहरु आउँछन् । बिरामीको हेरचाह भएन, स्वास्थ्यकर्मीहरुले बेवास्ता गर्छन् लगायतका जनगुनासोहरु सुनिन्छ । समस्या र चुनौती त छ नै । यद्यपि पनि हामी निरन्तर सेवामा छौं । किनकी, हाम्रो काम पनि यही हो ।

संक्रमणविरुद्ध प्रदेश सरकार
हामीप्रति प्रदेश सरकार एकदमै रेस्पोन्सेबल छ । हामीलाई सहयोग गरिरहेकै छ । हामीप्रति सकारात्मक छ । जस्तो व्यक्तिगत सुरक्षा सामग्रीदेखि अन्य धेरै भौतिक कुराहरुमा पनि हामीलाई सहयोग गर्नुमा सरकार चुकेको छैन । हामी मात्रै पनि होइनौं, सरकारले पनि पूरा प्रदेशभरिकै कभर गर्नुपर्ने हुन्छ । त्यसो हुँदा हामीलाई प्रदेश सरकारले हेरेको छैन भनेर भन्न सकिँदैन ।

समुदायमा कोरोनाको प्रवेश
पछिल्लो समय आएको कुरा जुन छ, समुदायभित्र पनि कोरोना पसेको छ भन्ने । यसलाई अहिल्यै आधिकारिकताका नहेरौं भन्ने लाग्छ । यद्यपि म्याप रिपोर्टहरुकै कुरा गर्नुपर्दा प्रवेश पाएकै हो भन्ने लाग्छ । भाइरस हो छैन नै भनेर भन्न पनि सकिँदैन । अबका तथ्यांक तथा संक्रमणले पनि यी कुराहरुलाई थप पुष्टि निर्धारण गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *