रिलायन्स लाइफको तेस्रो साधारण सभा सम्पन्न, गर्‍यो यी प्रस्ताव पारित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न प्रस्तावहरु परित गर्दै कम्पनीको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हो ।

साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले सभाको अध्यक्षता गर्दै आर्थिक वर्ष ७५-७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले सञ्चालक समितिको आ.व. ७५-७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५-७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणका प्रस्ताव पारित गरेको छ ।

यसैगरी कम्पनीको आ.व.२०७६-०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशन गर्ने सामान्य प्रस्तावहरु प्नि पारित गरेको छ ।

सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

कम्पनीले मिति २०७४।०८।०१ गतेदेखि विधिवत्् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पूँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *