घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित

काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोली वेस्टइन्डिज विजयी भएको छ । कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले हराएको हो ।

इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्यलाई वेस्टइन्डिजले ६ विकेट गुमाउदै पूरा गरेको थियो । वेस्टइन्डिजलाई जिताउने क्रममा जेर्मिन ब्ल्याकवूडले ९५ रन बनाए भने रोष्टन चेजले ३७, शेन डोरिचले २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो भने दोस्रो इनिंगमा ३१३ रनमा अल आउट भएको थियो । त्यस्तै यस अघि वेस्टइन्डिज आफ्नो पहिलो इनिंगमा ३१८ रनमा अल आउट भएको थियो ।

वेस्टइन्डिजका बलर शानन गाब्रियलले पहिलो इनिंगमा ४ र दोस्रो इनिंगमा ५ विकेट गरि कुल ९ विकेट लिएसँगै उनी खेलको प्लेयर अफ ड म्याच बनेका छन् । तीन खेलको सिरिजमा वेस्टइन्डिजले १-० ले अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल १६ जुलाईबाट शुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *