बोर्नमाउथसँग लेस्टरको लज्जास्पद हार, चेल्सीलाई राहत

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।

बोर्नमाउथको जितमा डोमोनिक सोलान्केले दुई गोल गरे भने जुनियर स्टेनिसलास र जोनी एभान्सले एक एक गोल गरेका थिए । त्यस्तै लेस्टरका लागि जेम्स भार्डीले एक गोल गरेका थिए । यस खेलमा खेलको ६७औ मिनेटमा लेस्टरका काग्लर सोयुनकुले रातो कार्ड पाएर मैदान छोडेपछि लेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यो हारले लेस्टर सिटी चेल्सीलाई जितेर तेस्रो स्थानमा उक्लिने अवसरबाट चुकेको छ । त्यस्तै लेस्टरको यो हारले चेल्सीलाई भने ठुलो राहत भएको छ । पछिल्लो खेल हारेपछि चेल्सी पाँचौ स्थानमा झर्ने सम्भावना लेस्टरको यो हारपछि टरेको छ ।

च्याम्पियन्स लिग छनौटको दौडमा रहेका चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेडबीच तेस्रो र चौथो स्थानको लडाई जारी रहेको छ । अब एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले आफ्नो आज राति हुने साउथहम्पटनविरुद्धको खेल जितेर तेस्रो स्थानमा उक्लिने अवसर रहेको छ ।

लेस्टरको ३५ खेलपछि ५९ अंक छ भने चेल्सीको ६० र युनाइटेडको ५८ अंक रहेको छ । त्यस्तै यो जितपछि बोर्नमाउथको भने ३५ खेलमा ३१ अंक भएको छ र रेलिगेसन जोनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *