दाउराको थुप्रोबाट प्रहरीले निकाल्याे ६ लाख रुपैयाँ, दुई जना पक्राउ
२०७७ असार २८ गते

काठमाडौं । कैलालीमा ६ लाख नगद र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा–१ का २८ वर्षीय शंकर भनिने छत्रबहादुर साउद र वडा–६ नारायणपुरका ३६ वर्षीय मुकेश रावल रहेका छन् । उनीहरुलाई सोही क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका साउदको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुको साथबाट तीन ग्राम सात सय मिलिग्राम खैरो हिरोइन र ६ लाख नगद बरामद गरेको छ । दाउराको थुप्रोमा लुकाई छिपाई राखेको अवस्थामा डिजिटल तराजुसहित उक्त परिणामको लागू औषध र नगद प्रहरीले बरामद गरेकाे हाे ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७७ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








