इन्द्रावती नदीले बगाएर काभ्रेको मण्डनदेउपूरका ३ जना बेपत्ता

काभ्रे । अविरल वर्षापछिको बाढीमा मण्डनदेउपुर-१० का ३ जना हराइरहेका छन् । उनीहरु काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीले बगाएर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार शुक्रबार एक बालक बेपत्ता थिए भने शनिबार २ जना बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १३ वर्षीय अभिषेक नेपाली, ४६ वर्षीय सम्फु माझी र ३० वर्षीय चन्द्रबहादुर तामाङ छन् । सशस्त्र प्रहरी बल (एपिएफ) को गोताखोरसहितको टोलीले खोजी गरेपनि भेटिएका छैनन् ।
वडाअध्यक्ष विष्णुमणि नेपालका अनुसार साथीहरुसँग गएका उनीहरुलाई भंगालो तर्ने क्रममा नदीले बगाएको थियो । इन्द्रावती गाउँपालिकास्थित रयालेमा पनि खेती भएका सम्फु काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको नेपालले जानकारी दिए । हल्देटारका तामाङको खोलापारी होटल भएकोले घर फर्कने क्रममा उनलाई पनि बगाएको नेपालले जानकारी दिए ।








