अवैध मृगौला प्रत्यारोपणको अभियोगमा भरतपुर अस्पतालका ४ डाक्टर पक्राउ

काठमाडौँ । अवैध मृगौला प्रत्यारोपणको अभियोगमा चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा. राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  डा. सुप्रभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

स्रोतका अनुसार सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको बताइएको छ। उक्त कार्यमा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा एक जना जिल्ला प्रशासन कार्यालयका अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि रहेको बताइएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याउने तयारी भएको जानकारी प्रहरीले दिएको छ ।

ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत यस विषयमा थप जानकारी दिने तयारी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =