बाढी पहिरोमा पर्ने नागरिकको उद्दारमा जुट्न कांग्रेस महामन्त्रीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लगातारको बर्षापछि आएको बाढी पहिरोमा पर्ने नागरिकहरुको उद्दार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

दुई दिन यता देशका विभिन्न क्षेत्रहरुमा परेको अबिरल बर्षाका कारण उत्पन्न दैविप्रकोपमा जनतालाई राहत र सहयोग गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कांग्रेस महामन्त्री डा. शशांकले निर्देशन दिएका हुन् ।

‘लगातार बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोक, कास्की, गुल्मी, म्याग्दी, बझाङ लगायत देशका बिभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिले अत्यन्तै दुःखी तुल्याएको छ ।’ डा. शशांकले भनेका छन् ।

उनले परिवारजन गुमाएकाहरु प्रति संवेदना व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुर्नस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गराएका छन् । भने, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासनको समन्वयमा उद्धारमा खटिन समेत भनेका छन् ।

यस अघि पार्टी सभापति शेर बहादुर देउवाले पनि  बाढी पहिरोबाट प्रभावित देशभरका जनताको उद्दार, राहत तथा पुर्नस्थापनाका लागि पार्टीका कार्यकर्ता तथा जनवर्गिय संगठनहरुलाई निर्देशन दिएका थिए ।

दुई दिन यता परेको अबिरल बर्षाका कारण देशका पहाडी तथा तराईका विभिन्न क्षेत्रमा बाढी र पहिरोको प्रकोप बढेको छ । बर्षाका कारण ठूला नदीहरु सप्तकोसी, सुनकोशी, गण्डकी, कर्णाली, सेती, महाकाली लगायत खहरे खोलाहरुमा भेल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *