म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो, १३ जना अझै बेपत्ता
२०७७ असार २७ गते

फाइल फोटो
काठमाडौं । अविरल वर्षाका कारण म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
पहिरोमा परी धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकाका २० जनाको मृत्यु भएको छ । पहिरोले पुरिएका मराङका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार (हिजो) भेटिएको थियो भने बाँकी सबै शव आज भेटिएको हो ।
आज धवलागिरि ६ मराङका ११, मालिका ७ बिमका ८ र रघुगंगा ६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ्ग कुँवरले बताए ।
हिजोदेखि २० जनाको शव भेटिएको बताउँदै डीएसपी कुँवरले मौसम र बिकटताका कारण आफूहरुले सोचेजस्तो उद्धार गर्न नसकेको उनले बताए ।
२०७७ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








