३३ किलो सुन प्रकरण : आरोपीलाई यूएईबाट नेपाल ल्याइयो

काठमाडौं । ३३ किलो सुन प्रकरणमा यूएईमा पक्राउ परेका एक जनालाई नेपाल ल्याइएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शनिबार (आज) काठमाडौं ल्याइएको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।

उनका अनुसार खड्का काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ । उनी गत विसं २०७५ माघमा यूएईमा पक्राउ परेका थिए ।

खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *