वीपी प्रतिष्ठानबाट १० जना काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।

४ बालकसहित १० जना संक्रमित डिस्चार्ज भएसँगै वीपी प्रतिष्ठानबाट उपचारपछि निको भइ फर्किनेको संख्या २२७ पुगेको छ । पछिल्लो २४ घण्टामा नयाँ केस थपिएको छैन । कोरोना संक्रमित ३५ जना उपचाररत छन् ।

बिहीबार थप ११८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित देशभर कुल संक्रमितकाे संख्या १६ हजार ६४९ पुगेकाे छ । संक्रमितमध्ये ८ हजार ११ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १२० जना संक्रमित डिस्चार्ज भएका छन् । ८

हजार ६०३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २३ हजार ९१० जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =