काेराेना महामारीमा रेडक्रस र कोका-कोलाको सक्रियताः सुरक्षा सामग्री वितरण कार्य जारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालकोे कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण गर्दै आएको छ ।

कार्यक्रमकाे लक्ष्य अनुरूप देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निःसंक्रामक वस्तुहरु उपलब्ध गराउने कार्य जारी राखिएकाे छ । 

यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका प्रतिनिधिहरुको उपस्थितिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो । हालसम्म ९५० थान एन ९५ मास्क, २६५ थान सुरक्षा बुट, स्यानिटाइजर १८०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३०० र १३ हजार १०२ थान साबुन वितरण भइसकेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, ‘कोभिड विरुद्धको लडाईँमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो । चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो ।’

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले सामग्री लिँदै भने, ‘यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोका-कोला नेपालप्रति आभारी छौं । यस संकटमा अझ तीव्र सेवा विस्तार गर्न भेन्टिलेटर सहितको थप सुरक्षा सामग्री छिट्टै उपलब्ध गराइने कुराले हामी थप उत्साहित भएका छौँ ।’

प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेत स्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चलस्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना रहेकाे जानकारी दिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =