शुक्रबार ११८ जनामा काेराेना पुष्टि, उपत्यकामा मात्रै ४२ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ११८ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार उपत्यकामा मात्रै पछिल्लाे २४ घण्टामा ४२ संक्रमित थपिएका छन् । भक्तपुरमा १३, काठमाडाैंमा २८ र ललितपुरमा १३ जनामा संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमित विभिन्न जिल्लाका रहेका छन् ।

संक्रमितमध्ये ८ हजार ११ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १२० जना संक्रमित डिस्चार्ज भएका छन् । ८ हजार ६०३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २३ हजार ९१० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जनाको पीसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =