जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई नगद सहयाेग

धरान । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको MD/MS/MDS अध्यनरत चिकित्सक विधार्थीहरुको संस्था जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीले महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मान एवम सहयोग प्रदान गरेको छ ।
प्रतिष्ठानको अडिटोरियम हलमा गरिएको एक कार्यक्रममा जुनिअर रेसिडेन्ट वेलफेयर सोसाइटीले स्वर्गीय डा. रन्जना देवकोटाको नाममा रहेको अक्षय कोष “JRWS रन्जना स्मृति कोष” मार्फत राष्ट्रिय आविस्कार केन्द्रलाई नगद ६५ हजार सहयाेग गरेकाे हाे ।
यसका साथै राष्ट्रिय आविस्कार केन्द्र र जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटी बीच वार्षिक रुपमा जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीले सहयोग रकम उपलब्ध गराउने र सो रकम राष्ट्रिय आविस्कार केन्द्रले बायो मेडिकल सम्बन्धि खोज, अनुसन्धानमा लगाउने गरि सहमति समेत भएकाे वीपी प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकाेटाले जानकारी दिएका छन् ।
यसरि वार्षिक रुपमा सहयोग गर्दा खोज अनुसन्धानमा दिर्घकालिन रुपमा सहयोग पुग्ने धारणा जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीका अध्क्षय डा. कविराज पौडेलले ब्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका उपकूलपति प्रा.डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्क्षय प्रा.डा. गुरु प्रसाद खनालको समेत उपस्थिति रहेको थियो । कोभिड-१९ मा राष्ट्रिय आविस्कार केन्द्रले गरेका कार्यहरु उल्लेखनीय रहेको र जनस्तरबाट सबैले राष्ट्रिय आविस्कार केन्द्र लाई सहयोग गर्नु पर्नेमा “JRWS रन्जना स्मृति कोष” का संस्थापक अध्क्षय डा. सुर्य प्रसाद रिमालले जोड दिए ।








