तरुण दलका युवाहरुलाई निर्देशनः बाढी–पहिरोको जोखिममा रहेकाकाे उद्धार गर्नू

काठमाडौं । नेपाल तरुण दलले बाढी–पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न दलका युवाहरुलाई निर्देशन दिएको छ ।
अध्यक्ष जीतजंग बस्नेतले शुक्रबार जिल्ला कार्यसमितिहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएका हुन् । आफ्नो जिल्ला क्षेत्रमा हुन सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन परिपत्रमा उल्लेख छ ।
अविरल रुपमा वर्षा भइरहेको अवस्थामा अहिले केहि दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायत देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको छ । ठुलो जनधनको क्षति समेत भएको छ । धेरै ठाउँमा धेरै जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तो विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगाएतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठनसँग आवश्यक समन्वय सहकार्य गर्न पनि तरुण दलले दलका युवाहरुलाई निर्देशन दिएको छ ।









