ठगी आरोपमा ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ
२०७७ असार २६ गते

काठमाडौं । ठगी गरेको आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् ।
आफुलाई ज्योतिष बताउँदै आएका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सहसचिव हुँ भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनले विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै ४ करोड रुपैयाँ माग गरेको प्रहरीले विशेष सूचना पाएकाे थियाे । बार्गेनिङका क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेको अवस्थामा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।
क्षेत्री यसअघि पनि भूकम्प जाँदैछ भनेर अपवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।
२०७७ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








