पोखरामा पहिरो: ७ जनाको मृत्यु १२ घाइते [अपडेट]

काठमाडौं । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् ।

पोखरा–१८ सराङकोट गोठादीमा राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा ९ जना घाइते भएका छन् । घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ ।

ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको छ ।

यो पनि पोखराको सराङकोट र हेम्जामा पहिरो: ४ जनाको मृत्यु, ९ घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *