पोखराको सराङकोट र हेम्जामा पहिरो: ४ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ भने ९ घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालय कास्कीका अनुसार पोखरा-१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको हो ।

उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

यस्तै पोखरा-२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । यता पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *