मकै पकेट कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामाग्री हस्तान्तरण

विराटनगर । कटहरीका कृषकलाई मकैकाे बिउ उत्पादनमा प्रयोग हुने कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

मकै पकेट कार्यक्रमका संयोजक रुपनारायण मण्डलको संयोजकत्वमा कटहरी– ४ नयाँ बजारका कृषकलाई शुक्रबार मकैको बिउ उत्पादनमा प्रयाेग हुने कृषि सामाग्री कटहरी गँउपालिका अध्यक्ष रामकुमार कामतले हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत उक्त कृषि सामग्री कटहरी– ४ र ५ नम्बर वडाका कृषकहरुलाई हस्तान्तरण गरिएको हो । मकै पकेट सञ्चालन समितिका कृषकहरुलाई, त्रिपाल ५३ थान,  डेलिभरी पाइप, सेक्सन पाइप ३ सय फिट, ईलेक्ट्रोनिक तराजु १० थान, एक्सप्रे मेसीन ३० थान, हेण्ड पम्प ५ थान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै कटहरी गाँउपालिका–४ का वडा सदस्य रमेशप्रसाद सिंहले कटहरी तरकारी खेतीका लागि परिचित भए पनि कोल्ड स्टोरको अभावको कारण तरकारी कुहिएर नष्ट हुने भएकाले कटहरीका कृषकहरु मारमा पर्ने गरेको बताए ।

हाल कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा कटहरीका कृषकले तरकारी अन्य स्थानमा निर्यात गर्न नसक्दा र कोल्ड स्टोर नभएका कारण तकारी कुहिएर नष्ट भएसँगै घाटा बेहोर्नु परेको बताइएकाे छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिति कटहरी गाँउपालिका अध्यक्ष रामकुमार कामतले कटहरी कृषि क्षेत्रका लागि अग्रस्थानमा रहेकाले कटहरी गाँउपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट कृषिलाई प्राथमिकतामा राखेको बताए ।

कृषकका प्रोत्साहनका लागि एक करोड बजेट विनियोजन गरेको र उक्त विनियोजित रकम केमा र केका लागि खर्च गर्ने भन्ने विषयमा कृषकहरुसँग छलफल गर्न बाँकी रहेको उनको भनाइ छ । उनले कृषकहरुको समस्यालाई मध्येनजर गर्दै कटहरी गाँउपालिकामा कोल्ड स्टोरको व्यवस्थापनमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा ८ लाख अनुदानमा परेको हो भने ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ । उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव र कृषि ज्ञान केन्द्र मोरङका ईन्चार्ज राम देव सिंहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =