नुहाउन गएकि बालिकाको शव फेला, दाजु पक्राउ
२०७७ असार २५ गते

प्रतिकात्मक तस्वीर
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको जानकारी दिए ।
प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।
‘बालिका उनका दाजुसँगै खोलामा नुहाउन गएकि थिइन्’, उनले भने, ‘खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ ।’ उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए । रासस
२०७७ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








