न्युक्यासल माथि सिटीको प्रभावशाली जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथ गोलको वर्षा गर्दै फराकिलो जित निकालेको छ । सिटीले न्युक्यासलमाथि ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा ग्याब्रियल जेसस, रियाद महारेज, डेभिड सिल्भा र रहिम स्ट्रलिङले गोल गर्दा एक गोल उपहार पाएको थियो । सिटीले खेलको शुरुवातदेखि नै गोलको श्रृखंला शुरु गर्दै अन्त्यसम्म राखेको थियो ।

एकपक्षीय बनेको खेलको १०औं मिनेटमा डेभिड सिल्भाको पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । २१औं मिनेटमा केभिड डि ब्रुयनको पासमा रियल महारजेले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

५८औं मिनेटमा फेडरिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि सिटी सहज जिततर्फ अग्रसर बन्यो । ६५औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई खेलमा ४–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३४ खेलबाट ६९ अंक पुगेको छ । पराजित न्युक्यासल ४३ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *