असार २५ गते बिहिवारको राशिफल तथा पञ्चाङ्ग

पञ्चाङ्ग

वि.सं. असार २५, २०७७ । ई.सं. 09 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लागा । प्रमादी उत्तरायण । ग्रीष्म बिहीवार । श्रावण कृष्णपक्ष । तिथि चतुर्थी, १०:०७ बजे उप्रान्त पञ्चमी । नक्षत्र शतभिषा, २७:४९ बजे उप्रान्त पूर्वभाद्रपदा । योग आयुष्मान्, १:२३ बजे उप्रान्त सौभाग्य । करण वालव १०:०७ बजेदेखि कौलव, २२:४१ बजे उप्रान्त वणिज।चन्द्रराशि कुम्भ । आनन्दादि योग वज्र । दिनमान ३४।२२। सूर्योदय ०५:१६ । सूर्यास्त १९:०१ पञ्चक।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थयको ख्याल गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभारम्भको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा मन लाग्नेछ । छोटो र रमाईलो यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *