विवादकाबीच सकियो इच्छाकामनाको गाउँ सभा

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभा विवादकाबीच आज बुधबार सकिएको छ । गाउँ सभा असार १० गते सुरु भएको थियो । अन्तिम दिन सभाको बैठक नै नबसी गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले अन्त्य भएको घोषणा गरिन् ।

वडा नम्बर तीनको केन्द्र टुंगो लगाउने विषयमा सभा अवधिभर विवाद भएको थियो । बुधवार सभामा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ नै उपस्थित थिएनन् । अन्तिम दिन पाँच जना मात्र गाउँसभा सदस्य उपस्थित थिए ।

यस अघि २२ गते पनि उपाध्यक्ष सहितको सदस्यहरुले सभा बहिस्कार गरेका थिए । उक्त बैठक बहिस्कार गरेपछि बाँकी सदस्यहरुले विरोध जनाएका थिए ।

गाउँपालिका अध्यक्ष गुरुङले आफ्ना कुरा सभामा नराखेर सभा नै बहिस्कार गर्नु जनभावना विपरित भएको बताइन् ।
स्थानीय तहमा प्रतिपक्षको कल्पना नगरेकोेले यस अघिका सभामा त्यो वा यो पार्टी नभनी सहमतीमा सम्पन्न गरेको बताउदैँ उपाध्यक्षले नै बहिस्कार गरेकोमा उनले दुँख व्यक्त गरिन् ।

गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठसहितका सदस्यहरुले वडा नम्बर तीनको केन्द्र चुम्लिङटार र अन्य बाँकी सदस्यहरु फिस्लिङको पक्षमा रहेका छन् । वडाको केन्द्रको टुंगो लगाउन मतदान हुने कार्यतालिका रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =