‘कोरोना फ्रि’ जिल्लामा अर्को २ जिल्ला पनि थपिए

काठमाडौं । ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकोमा ५ जिल्ला ‘कोरोना फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बुधबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन् । मंगलबार ४ जिल्ला संक्रमणमुक्त भएकोमा आज एक जिल्ला थपिएसँगै संक्रमणमुक्त हुने जिल्लाको संख्या ५ पुगेको हो । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेको छ ।

मंगलबार तेह्रथुम, भोजपुर, सोलुखुम्बुमा र हुम्ला संक्रमणमुक्त भएकाे प्रवक्ता गाैतमले जानकारी दिएका थिए । बुधबार धनकुटा र मुस्ताङ संक्रमणमुक्त भएका छन् भने तेह्रथुममा फेरी संक्रमण देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =