उपाधी दाैडमा रहँन बार्सिलोना आज एस्पान्योलसँग भिड्दै

एजेन्सी । स्पेनिस ला लिगामा आज राति साविक लिग विजेता बार्सिलोनाले ३५औं चरणको खेल एस्पान्योलसँग खेल्दैछ । आज ला लिगामा विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोनाले शहरी प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दा गेटाफे र भिल्लारियल तथा रियल बेटिस र ओसासुनाबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । क्याटलान डर्वीको खेल क्याम्प नोउमा नेपाल समयअनुसार बिहीबार बिहान १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

दुवै टोलीलाई यो खेलमा ३ अंक निकै महत्त्वपुर्ण छ । बार्सिलोनाको जितले उपाधि यात्रा जीवितै रहँदा बराबरी या हारले उपाधिको झिनो आशा रहनेछ । यता, एस्पान्योलले जित हात पार्न सके पुछारमै रहेपनि रेलिगेसनबाट बच्ने झिनो आशा हुनेछ । बराबरी या हारले एस्पान्योल रेलिगेसनमा पर्नेछ ।

कोरोनापछिको सात खेलमा अपराजित रहेपनि बार्सिलोनाले ६ अंक गुमाइसकेपछि उपाधि होड कमजोर बनेको थियो । पछिल्लो खेलमा भिल्लारियलमाथि पाएको ४–१ को जितले बार्सिलोनाले जितको लयमा फर्किएको संकेत दिएको छ । बार्सिलोना सोही प्रदर्शनलाई निरन्तरता दिदै उपाधि होडलाई कायमै राख्न चाहन्छ । पछिल्लो खेलमा कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनको राम्रो समन्वय भएको थियो ।

यता, एस्पान्योल पनि बार्सिलोनालाई स्तब्ध पार्दै महत्वपुर्ण ३ अंक जोड्ने दाँउमा हुनेछ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलबाट ७३ अंक छ । २४ अंक जोडेर एस्पान्योल पुछारमा छ । शीर्षस्थानको रियल म्याड्रिडको ७७ अंक छ ।

यस्तै अर्को खेलमा गेटाफे र भिल्लारियलबीच राति १२ः१५ बजे तथा रियल बेटिस र ओसासुनाबीच पनि राति १२ः१५ बजे नै खेल हुनेछ । ला लिगामा बार्सिलोनाको मुख्य प्रतिष्पर्धी रियल मड्रिड शिर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *