सरकारलाई विकास समितिको निर्देशनः ट्याक्सी चलाउन दिने व्यवस्था गर्नू

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले यातायात व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चलाउन दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

केही दिनअघि ट्याक्सी व्यवसायीहरुले आफू अप्ठेरोमा परेको भन्दै ट्याक्सी चलाउन दिन माग गरेका थिए । विभिन्न नारा लगाउँदै उनीहरुले काठमाडौंमा प्रदर्शन समेत गरेका थिए । उनीहरुको माग सम्बोधन गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

समितिको बैठकमा यातायात व्यवसायीहरुलाई आमन्त्रित गरिएको थियो । व्यवसायीहरुले आफूहरु मारमा परेको गुनासो गरेका थिए । उनीहरूकाे गुनासाे सुनेपछि समितिले सर्वसाधारणलाई आवत-जावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएकाे हाे ।

साथै विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन पनि समितिले निर्देशन दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =