सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियाे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मोतियाबिन्दुको शल्यक्रिया गराएका छन् ।

आज (बुधबार) काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गएर उनले दायाँ आँखाको शल्यक्रिया गराएका हुन् । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान साढे बजे शल्यक्रिया गरेको हो ।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो । चिकित्सकको सल्लाहमा शल्यक्रिया भएको हो । उपचारकाे सम्पूर्ण खर्च सभामुख सापकोटा आफैँले बेहोरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =