सिरी ए: युभेन्टसमाथि मिलानको शानदार जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसंग हार ब्यहारेको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एसी मिलानसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

एसी मिलानको जितमा जलाटन इब्राहिमिमोविच, फ्रान्क केसी, राफेल लाओ र एन्टे रेबिकले एक एक गोल गरे भने युभेन्टसका लागि आड्रेन रबिओट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सम्पन्न भएको खेलमा साबि ६ गोल दोस्रो हाफमा भएका थिए । युभेन्टसले खेलको ४७औ र ५३औ मिनेटमा गोल गरेर २-० को अग्रता लिएपनि मिलानले शानदार कमब्याक गर्दै खेलको ६२औ, ६६औ, ६७औ र ८०औ मिनेटमा गोल गरेर युभेन्टसमाथि शानदार जित हासिल गरेको थियो ।यस खेलमा युभेन्टसका लागि पाउलो डिबाला सस्पेन्ड भएका कारण अनुपस्थित थिए । मिलानले सन १९८९ पछि पहिलो पटक युभेन्टसविरुद्ध ४ गोल गरेको छ । यो जितपछि मिलानको ३१ खेलमा ४९ अंक भएको छ र लिगको पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै युभेन्टस भने ३१ खेलपछि ७५ अंकका साथ शिर्ष स्थानमा रहेको छ । यो हार पछि पनि युभेन्टसको दोस्रो स्थानमा रहेको लाजियो भन्दा ७ अंकले अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =