क्रिस्टललाई पराजित गर्दै चेल्सी शीर्ष तीनमा, आर्सनल बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी शीर्ष तीनमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले हराउँदै शीर्ष तीनमा उक्लिन सफल भएको हो ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन खेलको छैटौं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको २७ औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ३४ औँ मिनेमा क्रिस्टलका विल्फ्रेड जाहाले क्रिस्टलका लागि गोल गर्दै बराबरीतर्फ डोहोराउने बटो देखाए । ७१ औँ मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई जिततर्फ अघि बढाए ।

त्यसको एक मिनेट पछि क्रिटलका लागि क्रिस्टियन बेन्टेकेले गोल गरेपनि टिमलाई जित भने दिलाउन सकेनन् । जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक जोड्दै शीर्ष तीनमा स्थान बनाएको छ । समान खेल खेलेको लेस्टर ५९ अंकसहित तालिकाको चौथो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै लिगको गएराती नै भएको खेलमा आर्सनल र लेस्टर सिटीले बराबरी खेलेका छन् । आर्सनलको घरेलु मैदानमा भएको खेलमा लेस्टरले १-१ गोलको बराबरी खेलेको हो । दस खेलाडीमा समेटिएको आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँढ्न बाध्य भएको हो । खेलको २१ औं मिनेटमा घरेलु टोलिले अग्रता लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =