आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त
२०७७ असार २३ गते

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई आईजीपीमा नियुक्त गरेको हो । उनी २८ औं आईजिपीमा नियुक्त भएका हुन् । २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनले अब २०७९ साल वैशाख २४ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।
अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् । क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन् ।
चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा यसपटक एआईजीबाट आईजीपीमा बढुवा गरिएकाे हाे ।
२०७७ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








