कार्यकर्ता तहमा पुग्यो नेकपा विवादः कैलालीमा ओली र प्रचण्ड समूहबीच कुटाकुट !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद कार्यकर्ता तहसम्म पुगेको छ । शीर्ष नेताबीच विवाद चलिरहेका बेला कैलालीमा प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबीच कुटाकुट भएको छ ।

सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबीच भएको विवाद हात हालाहाल सम्म पुगेको थियो । स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो ।

सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए । लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए । झडप सुरुभएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *