नेपाल एयरलाइन्सका ७ जना कर्मचारीमा कोरोना देखिएपछि सोल्टी हाेटल सिल

  • राेसन दानी

काठमाडौं । नेपाल एयरलाइन्सका कर्माचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटल सिल गरिएको छ । संक्रमितहरू लाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिएको महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूगम बहादुर कुवँरले बताए ।

तीन पाइलटसहित नेपाल एयरलाइन्सका १६ उडान कर्मचारीमा सोमबार पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो । सोल्टीमा नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको छ ।

कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई प्रिन्सेप भवनको पाँच तलमा राखिएको प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए । उनले भने,’दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसँग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =