भारतमा क्षयरोगको उपचार गरी फर्किएका बिरामीकाे कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएसँगै कोरोना संक्रमित मृतक संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय एक पुरुषको असार २१ गते मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गरी फर्किएका उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =